काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ ।
कोशीमा २ जनाको मृत्यु हुँदा २८ जना घाइते भएका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
मधेश प्रदेशमा ६ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु हुँदा १० जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु र ४ जना घाइते भएको तथ्यांकमा उल्लेख छ ।
गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या शून्य रहेको छ ।
यता बागमती र कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या शून्य रहे पनि बागमतीमा ९ जना तथा कर्णालीमा ६ जना घाइते भएका छन् ।
देशभर बढ्दो सवारी चाप, तीव्र गति, सडकको कमजोर अवस्था तथा चालकको लापरबाहीका कारण दुर्घटनाको संख्या बढिरहेको सरोकारवालाहरूले बताएका छन् ।
प्रहरीले ट्राफिक नियमको कडाइका साथ पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।






















