images
images
  • सेयर बजार घट्यो, कति भयो कारोबार ?

    काठमाडौं– अघिल्लो कारोबार दिन २७ अंकले बढेको सेयर बजार मंगलबार भने ९.२४ अंकले घटेको छ ।

    यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ ।

    कारोबार रकम पनि घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।

    आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे ।

    निर्जीवन बीमा समूह ०.३५ प्रतिशतले बढ्दा अन्य सबै समूह घटेका छन् ।

    कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढ्यो ।

    कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त र नेपाल रिपब्लिक मिडियाको मूल्य पनि उल्लेख्य बढ्यो ।

    यता सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त र एनआईसी एसिया बैंकको सेयर मूल्यमा गिरावट देखियो ।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, साहस ऊर्जा, ङादी पावर र अपी पावर अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images