काठमाडौं– आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो ।
यो स्कोर कीर्तिपुर मैदानमा नेपालको सर्वाधिक हो ।
यसअघि नेपालले ओमानविरुद्ध ३१० रन बनाएको कीर्तिमान थियो ।
नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ्स खेले ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रन, रोहित पौडेलले ४६ रन, आसिफ शेखले ४३ रन, कुशल भुर्तेलले २९ रन र गुलशन झाले १५ रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















