काठमाडौं– नेपालका ब्याटर इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी अमेरिकाविरुद्धको खेलमा अर्धशतक पूरा गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन्।
गत सोमबार स्कटल्यान्डविरुद्धको लिग–२ खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए।
इशानले ६१ बलमा तीन चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे।
त्यसैगरी कप्तान रोहित पौडेल ४० रन बनाएर क्रिजमा टिकिरहेका छन्।
खेलको ३४.४ ओभरसम्म नेपालले २ विकेटको क्षतिमा १६८ रन जोडेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















