images
images
  • सभामुख अर्याललाई प्रधानमन्त्री बालेनले टेरेनन्

    काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउनुपर्ने माग उठाएपछि बैठकको कारबाही प्रभावित भएको छ ।

    विपक्षीको नाराबाजी र दबाबपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो ।

    त्यसपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका छन् ।

    उनीहरूबीच करिब आधा घण्टा छलफल भएको स्रोतहरूले जनाएका छन् ।

    छलफलपछि पुनः संसद् बैठक सुचारु भएको छ ।

    तर, प्रधानमन्त्रीलाई बोलाउन सिंहदरबार पुगेका सभामुखलाई बालेनले फिर्ता पठाइदिएका छन् ।

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई नियमित रूपमा संसदमा उपस्थित गराउनुपर्ने माग दोहोर्‍याउँदै आएका छन् ।

    तर हालको व्यवस्था अनुसार मन्त्रीहरूले नै सरकारका तर्फबाट जवाफ दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images