काठमाडौं– संसदमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै ‘खोजी’ गरेपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको छ।
त्यसपछि बैठक स्थगित गरेर सभामुख डीपी अर्याल प्रधानमन्त्रीसँग छलफलका लागि पुगेका छन्।
उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।
विपक्षीले नियमित रूपमा प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्ने माग गर्दै आएका छन्।
तर हाल मन्त्रीहरूबाटै जवाफ दिइँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्






















