काठमाडौं– विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम किन सञ्चालन नभएको भन्दै प्रश्न उठाए।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था छ।
तर जेठ र असार दुवै महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश नभएपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरेका थिए।
तर सभामुखले कानुन मन्त्री सोबिता गौतम लाई विधेयक प्रस्तुत गर्न समय दिएपछि विपक्षी दलहरूले विरोध जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्






















