images
images
  • पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं– पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

    विगो मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद सजाय सुनाइएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन अदालतले प्रहरीलाई आदेश दिएको हो। उनी वीरगन्ज महानगरपालिका–१४ निवासी हुन्।

    सघन सहरी विकास कार्यालयअन्तर्गत वीरगन्जमा सडक तथा नाला निर्माणको ठेक्कासम्बन्धी काममा निर्माण सामग्रीको भुक्तानी नदिएको आरोपमा प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले दायर गरेको मुद्दामा अदालतले १ करोड १५ लाख ६५ हजार रुपैयाँ तिर्न आदेश दिएको थियो।

    उक्त आदेश कार्यान्वयन नगरेमा दुई वर्ष कैद हुने फैसलासमेत भएको थियो। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पनि जिल्ला अदालतको फैसला सदर गरिसकेको छ।

    अदालतको आदेशपछि पनि पक्राउ नपरेको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएका छन् भने प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images