images
images
  • के हो हुम्ला र बाजुराको विवाद ? किन गराए सांसदहरूले सरकारलाई ध्यानाकर्षण ?

    काठमाडौं– हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले वार्ता र संवादमार्फत विवाद समाधान गरी अवरुद्ध कर्णाली राजमार्ग खुलाउन माग गरे ।

    उनले राजमार्ग अवरुद्ध हुँदा बिरामी, विद्यार्थी र अत्यावश्यक कामका यात्रुहरू प्रभावित भएको बताए ।

    सांसद केपी खनालले सीमा विवादका क्रममा जनप्रतिनिधि र स्थानीयहरूमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै सुरक्षाको माग गरे ।

    सांसद जनकराज गिरीले पनि साइपाल क्षेत्रमा भएको आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै घाइतेको उपचार र सीमा विवादको दीर्घकालीन समाधान गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images