images
images
  • विश्वकप लिग–२ : घरेलु मैदानको अन्तिम खेलमा नेपाल–अमेरिका भिडन्त

    काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिका सामना गर्दैछ।

    समान २७ खेलमा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

    विश्वकप छनोट र एकदिवसीय मान्यता जोगाउन नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ।

    अघिल्लो भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो, जसले टोलीको आत्मविश्वास बढाएको छ।

    तर अमेरिका यसपटक बदला लिने लक्ष्यमा हुनेछ।

    घरेलु मैदानको त्रिकोणात्मक शृङ्खलामा नेपालले चारमध्ये दुई खेल जितेको छ।

    स्कटल्यान्डसँग एक खेलमा पराजय बेहोरेको नेपालले अर्को खेलमा भने ६ विकेटको जित निकालेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images