काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको विषयमा पुनः प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साम्पाङले नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने बताए ।
उनले प्रधानमन्त्री संसद्को सदस्य हो कि होइन भन्ने प्रश्नसमेत गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने भए पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्






















