images
images
  • राष्ट्रिय सहकारी बैंकको निर्वाचन : राजनीतिक हस्तक्षेप नगर्न विभागको चेतावनी

    काठमाडौं– सहकारी विभागले राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा राजनीतिक दलगत हस्तक्षेप बढेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । विभागले सहकारी संघ–संस्थाको निर्वाचनमा प्यानल बनाएर दलगत प्रचार–प्रसार गर्नु सहकारीको मूल्य, मान्यता र कानुनी व्यवस्थाविपरीत हुने चेतावनी दिएको हो ।

    बुधबार जारी सूचनामा विभागले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत दलगत प्रभावमा आधारित चुनावी गतिविधि बढेको उल्लेख गर्दै यसले सहकारी क्षेत्रको सुशासन र स्वस्थ प्रतिस्पर्धामा नकारात्मक असर पर्ने जनाएको छ ।

    विभागले सहकारी ऐन २०७४ को मर्मअनुसार निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन सबै पक्षलाई आग्रह गर्दै सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images