डाबर नेपालले उत्पादन गरेको मह कम गुणस्तरको रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्री/ वितरण बन्द गरी फिर्ता गर्न आदेश दिएको छ।
परीक्षणको क्रममा २०२५ को डिसेम्बरमा उत्पादित एनबी००४७७ ब्याचको पाँच सय मिलिलिटरको मह ल्याबमा परीक्षण गर्दा न्यून स्तर खाद्य पदार्थ भेटिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो ब्याचको मह बिक्री/वितरणमा रोक लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्






















