images
images
  • सरकारको बदलिएको कूटनीतिले नेपाल–भारत सम्बन्धमा तिक्तता

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले अपनाएको नयाँ कूटनीतिक शैलीका कारण नेपाल–भारत सम्बन्धमा असहजता र अन्योल बढेको विश्लेषण गरिएको छ। भारतीय राजदूतसँग भेट अस्वीकार गर्ने, भन्सारमा कडाइ गर्ने र लिपुलेक विवादमा कडा अडान लिने सरकारका निर्णयहरूले नयाँदिल्लीलाई असहज बनाएको बताइएको छ।

    विश्लेषकहरूका अनुसार यी कदमहरू राष्ट्रवादी सोचको संकेत भए पनि यो दीर्घकालीन परराष्ट्र नीति हो वा नयाँ नेतृत्वको अपरिपक्वता भन्ने अझै स्पष्ट छैन। सरकारले विदेशी राजदूतहरूसँगको भेटघाटमा ‘प्रोटोकल’ कडाइ गरेपछि भारतसहित अमेरिका पनि असन्तुष्ट देखिएको छ।

    भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे भारत र चीनलाई कूटनीतिक नोट पठाउने निर्णय तथा भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित हुनुले सम्बन्धमा तनाव बढाएको टिप्पणी गरिएको छ।

    यद्यपि परराष्ट्रमन्त्री शिशिर खनाल ले सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्न दुवै देश तयार रहेको बताएका छन्। भारतले पनि संवादमार्फत सम्बन्ध अघि बढाउन चाहेको संकेत दिएको छ।

    विश्लेषकहरूले नेपाल भारतसँग व्यापार, पारवहन, इन्धन र लगानीमा अत्यधिक निर्भर भएकाले सम्बन्धमा दीर्घ तनाव नेपालकै लागि बढी जोखिमपूर्ण हुन सक्ने बताएका छन्। उनीहरूले राष्ट्रवादी नाराभन्दा संवाद, कूटनीतिक दूरदर्शिता र सन्तुलित पहल आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images