images
images
  • संसद्‌मा उकुसमुकुस : सत्तापक्षका सांसदहरू निरीह, विपक्षी हर्क साम्पाङको बलियो प्रतिवाद

    काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै संसद् र सरकारको भूमिकालाई लिएर असन्तुष्टि देखिन थालेको छ । केही सांसदहरूले संसद्मा प्रधानमन्त्री र मन्त्रीहरूको अनुपस्थितिमाथि प्रश्न उठाउँदै सरकार संसद्प्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

    रास्वपा सांसद अमरेश सिंहले संसद्को औचित्य कमजोर हुने चेतावनी दिँदै अर्थमन्त्री स्वर्णिम वाग्ले प्रि-बजेट छलफलमा अनुपस्थित भएको विषयमा आपत्ति जनाए । उनले मधेसका मुद्दा बेवास्ता गरिएको पनि आरोप लगाए ।

    यसअघि सांसद आशिका तामाङ, मनिष खनाल र तोसिमा कार्कीलगायतले पनि पार्टी र सरकारको केही निर्णयप्रति असन्तुष्टि जनाइसकेका छन् । प्रधानमन्त्री बालेन शाह संसद्मा नआएको विषयमा बचाउ गर्नुपर्दा आफूहरू असहज भएको केही सांसदहरूको भनाइ छ ।

    विपक्षी दलहरूले पनि सरकारले संसद्लाई कमजोर बनाएको आरोप लगाइरहेका छन् । नेकपा सांसद वर्षमान पुनले सत्तापक्षका सांसदहरू “निरीहजस्ता” देखिएको टिप्पणी गरे ।

    यता कांग्रेसले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग रिक्त बनाएर सरकारले संवेदनशील संस्था ‘भ्याकुम’ बनाएको आरोप लगाएको छ । कांग्रेस नेता भीष्मराज आङ्देम्बेले संक्रमणकालीन न्याय प्रक्रिया अझै अधुरो रहेको भन्दै आयोगलाई छिट्टै पूर्णता दिन सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images