images
images
  • ओली–प्रचण्डकै शैलीमा रास्वपा महाधिवेशन गर्दै रवि–बालेन

    काठमाडौं– विभिन्न राजनीतिक तथा सामाजिक समूहबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा समायोजन भएर आएका नेताहरूले आसन्न महाधिवेशन सहमतिमै नेतृत्व चयन गरेर टुंग्याउनुपर्ने माग गरेका छन् ।

    प्रधानमन्त्री बालेन शाह निकट समूह, विवेकशील साझा, थारूहट–थारूवान आन्दोलन, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल तथा जेनजी अभियानीहरू रास्वपामा समाहित भएका थिए ।

    उनीहरूले चुनावमा जस्तै महाधिवेशनमा पनि समुचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    महामन्त्री भूपदेव शाहले पहिलो महाधिवेशन भएकाले सबै पक्षको भावना समेटिने गरी सहमतिमा नेतृत्व चयन गर्नुपर्ने धारणा आएको बताए ।

    समायोजनको मोडालिटी तय गर्न भूपदेव शाहको नेतृत्वमा समिति गठन गरिएको छ ।

    रास्वपाले विधान संशोधनका लागि सहमहामन्त्री विपिन आचार्य नेतृत्वमा कार्यदल बनाएको छ ।

    कार्यदलले प्रदेशदेखि वडा तहसम्मबाट सुझाव संकलन गरिरहेको जनाएको छ ।

    केन्द्रीय निर्वाचन आयोगले पनि निर्वाचन मोडालिटी, समावेशी प्रतिनिधित्व र केन्द्रीय समितिको संरचनाबारे छलफल गरिरहेको छ ।

    पार्टीभित्र ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्वको विषयमा बहस चलिरहेको बताइएको छ ।

    यसअघि तीन पटक सरेको रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको छ ।

    नेताहरूले अहिले नै नेतृत्व चयनको बहसमा नपुगी संगठन निर्माण र अधिवेशन तयारीमा केन्द्रित रहेको बताएका छन् ।

    यद्यपि राजनीतिक वृत्तमा रास्वपा सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डकै शैलीमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् ।

    ओली र प्रचण्ड महाधिवेशनको बहानामा सर्वसम्मत आफै नेतृत्वमा रहँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images