images
images
  • बालेन सरकार म्यानपावरमाथि निर्मम, सञ्चालकहरूको भागाभाग

    काठमाडौं– वैदेशिक रोजगारी क्षेत्रमा सरकारको कडाइ बढेसँगै म्यानपावर व्यवसायीहरू दबाबमा परेका छन् ।

    सप्तरीका अजयकुमार यादवसँग मलेसिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ मागिएको घटना बाहिरिएपछि सरकार थप आक्रामक बनेको हो ।

    ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार १० हजारमै जानुपर्ने अवस्थामा म्यानपावरले ठूलो रकम असुलेको आरोप लागेको छ ।

    युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रहरीले पछिल्ला दिनमा ठगी तथा अवैध असुलीमा संलग्नमाथि कारबाही तीव्र पारेका छन् ।

    २ जेठयता मात्रै ८१ लाख रुपैयाँ ठगी आरोपमा ४ जना पक्राउ परेका छन् ।

    यता म्यानपावर व्यवसायीहरूले भने सरकारले अनावश्यक धरपकड, छापा र दबाब बढाएको गुनासो गरेका छन् ।

    व्यवसायीहरूको भनाइमा नीतिगत अस्पष्टता हुँदा १० हजार शुल्कमा काम गर्न सम्भव छैन ।

    तर सरकारले भने यो धरपकड नभई कानुन कार्यान्वयनको नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

    मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार श्रमिकसँग अत्यधिक रकम असुल्ने, पासपोर्ट रोक्ने र बार्गेनिङ गर्नेहरूलाई कानुनी दायरामा ल्याइँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images