काठमाडौं– मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई दुई विकेटले पराजित गर्यो ।
६८ रनको सामान्य लक्ष्य नेपालले १५ बल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन बनाइन् भने रुवि पोद्दारले १५ रन जोडिन् ।
बलिङतर्फ पूजा महतोले तीन विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रनमै अलआउट भएको थियो ।
नेपालले अब दोस्रो खेल शुक्रबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















