images
images
  • पठाओबाट बाहिरिएका असिममान उबरमा जोडिन लागेकै हुन ?

    काठमाडौं– विश्वव्यापी रूपमा स्थापित अमेरिकी राइड–सेयरिङ कम्पनी उबरले नेपाली बजार प्रवेशको तयारी तीव्र बनाइरहेका बेला पठाओ नेपाल पूर्वप्रमुख असिममान सिंह बस्न्यात आवद्ध हुन सक्ने देखिएको छ। केही समयअघि पठाओबाट बाहिरिएका बस्न्यात उबरमा आवद्ध हुने बारे प्रारम्भिक छलफल सुरु भएको हो।

    पठाओ नेपालमा सञ्चालन विस्तार, चालक तथा सेवाग्राही व्यवस्थापन र बजार रणनीतिमा सक्रिय रहेका बस्न्यातले केही समयअघि पठाओ छाडेका थिए। अहिले उनी उबरको नेपाल प्रवेश तयारीसँग जोडिएको स्रोतहरूको भनाइ छ।

    स्रोतका अनुसार उबरले नेपालमा आफ्नो प्रारम्भिक सञ्चालन तथा रणनीतिक जिम्मेवारी दिन सक्ने सम्भावना रहेको छ। यद्यपि यसबारे उबर वा बस्न्यात पक्षबाट औपचारिक पुष्टि भने भएको छैन।

    तर, उबरले नेपाललाई लक्षित गर्दै डिजिटल उपस्थितिसमेत बढाइरहेका बेला स्थानीय बजार बुझ्ने अनुभवी नेतृत्व खोजिरहेको संकेत देखिएको छ। उबरले हालसम्म नेपालमा औपचारिक घोषणा गरिसकेको छैन। तर कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा नेपाललाई समेटेर छुट्टै पेज तयार गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images