काठमाडौं– मीन बहादुर गुरुङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अन्तर्गत निर्माण भइरहेको बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
उक्त रकम अस्पतालको वेस्ट ब्लक भवन निर्माणमा प्रयोग गरिएको हो ।
अस्पताल प्रशासनका अनुसार भवन निर्माण अन्तिम चरणमा पुगे पनि एमआरआई र सिटी स्क्यान मेसिन अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
उपकरण खरिदका लागि हालसम्म २ करोड २४ लाख रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।
डा.भगवान कोइरालाको नेतृत्वमा सातै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने लक्ष्यसहित अघि बढाइएको अभियानमा गुरुङको योगदानलाई निर्णायक मानिएको छ ।
यसअघि उनले एमाले कार्यालय निर्माणका लागि जग्गा दिनुका साथै कार्यालय निर्माण सम्पन्न गरिदिने जिम्मा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















