काठमाडौं– (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तीव्रता पाएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीलाई एकठाउँ ल्याउने प्रयास सुरु भएको हो ।
२१ फागुन २०८२ को निर्वाचनमा लज्जास्पद हारसँगै दवै पार्टीभित्र नेतृत्व परिवर्तनका लागि जारी दबाबबीच पार्टी एकताका लागि नेतृत्व नजिकिंदै गइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका लागि सहमत भएपछि नजिकका नेता छलफललाई तीव्रता दिएका छन् ।
निर्वाचनमा लज्जास्पद हार व्यहोरेका दवै दलका नेताले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत सम्भावित क्षति रोक्न पार्टी एकतामा जोड दिएका छन् ।
जेठ महिनाभित्रमा पार्टी एकता गर्नेगरी छलफल भइरहेको छ ।
ओली र प्रचण्डको विकल्प दुवै पार्टीभित्र युवा नेताले जोडतोडसाथ उठाएका छन् ।
पार्टीभित्र अहिले नेतृत्वविरुद्ध उठिरहेको आवाजसमेत मत्थर गर्न तथा आगामी (प्रदेश र पालिका) निर्वाचनमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि ुबाम एकताुको कार्ड खोलिएको हो ।
एमाले र नेकपाभित्रै नेतृत्वको विकल्प जोडतोडले खोजिन धालेको छ ।
केपी ओली, प्रचण्डसहित पूर्वपार्टी प्रमुख र सरकार प्रमुख भइसकेका नेताले स्वैच्छिक अवकाश लिनुपर्ने प्रमुख माग युवा विद्यार्थीको छ ।
पछिल्लो निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि त्यो माग झन् कडा
रूपमा उठिरहेको छ ।
त्यसबाट बच्नका लागि पनि वाम एकताको कार्ड खोलिएको छ, ज्येष्ठ नेता नेतृत्व छोड्नुपर्ने अभियानमा लागेकाु एक युवा नेता बताउँछन् ।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी नेतृत्वमा पाटी एकता गर्दा अन्य शीर्षनेतालाई समेत मान्य हुने भएकाले सोहीअनुसार नेताहरू सहमति खोजी गरिरहेका छन् ।
पार्टी प्रमुख र सरकार प्रमुख भइसकेका नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले समेत भण्डारीको नेतृत्वमा पार्टी एकताका लागि सन्नमति खोजिरहेका छन् ।
विगतमा एकअर्कोलाई अस्वीकार गर्ने यी नेताले कम्युनिस्टको खस्किंदा मत जोगाउनका लागि भण्डारीलाई विकल्पका रूपमा देखेका छन् ।
ओलीले भण्डारीको पार्टीको सदस्यता रोकेका थिए ।
अहिले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय एमालेले गरेको छ ।
भण्डारीको सदस्यता नवीकरणसँगै उनको नेतृत्वमा पार्टी एकता गरेर अगाडि बढ्ने सम्भावना बलियो बनेको नेता बताउँछन् ।
तर, पार्टी एकता छलफलमा रहेका नेताहरूले नेतृत्वबारे कनै टुंगो नलागे पनि पार्टी एकताबारे छलफल जारी रहेको जनाएका छन् ।
एमाले र नेकपाभित्र ओली र प्रचण्डकै विश्वासपात्र नेताले नेतृत्वविरुद्ध लागेपछि छिट्टै पार्टी एकता गर्नपर्ने हतारमा ओली र प्रचण्ड छन् ।
‘अहिले नै केही टुंगो लाग्न सकेको त छैन तर पार्टी एकताका लागि छलपल भइरहेको कुरा सत्य हो । पार्टी एकता गरेर आगामी निर्वाचनमा सहभागी हुँदा कम्युनिस्ट मत जोगाउन सकिन्छ’, नेकपाका एक नेताले भने ।






















