images
images
  • भिजिट भिसा सेटिङ प्रकरण : सरकारी साक्षीले नै बयान फेरेपछि अख्तियारले बनायो प्रतिवादी

    काठमाडौं– भिजिट भिसा सेटिङ प्रकरणमा सरकारी साक्षी बनेका दीपक थापाले अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध नै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अनुसन्धानमा सहयोग गरेपछि सरकारी साक्षी बनाइएका थापाले अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।

    अख्तियारका अनुसार थापाले भिजिट भिसामा मानिस विदेश पठाउने सेटिङ मिलाउने, एयरपोर्ट अध्यागमनमा नाम टिपाउने तथा होटल बुकिङ र डलर सटहीका कागजात मिलाउने काम गरेका थिए ।

    उनीमाथि प्रतिवादी बालकृष्ण खड्काको सहयोगी भई राष्ट्रसेवक तीर्थराज भट्टराईलाई घुस दिएको आरोप पनि छ ।

    अख्तियारले ३० लाख २० हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images