काठमाडौं– जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध दायर गरेका सबै मुद्दा फिर्ता लिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तर ले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दायर नेपाल प्रिमियर लिगसँग सम्बन्धित आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी मुद्दा फिर्ता लिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को अनुरोधमा खेल विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने भन्दै मुद्दा फिर्ता गरिएको अख्तरले बताएका छन् ।
तर, नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड र त्यसको बैंक खातामाथिको स्वामित्व भने आफ्नै रहने उनले स्पष्ट पारेका छन् ।
अख्तरले आफ्नो कानुनी लडाइँ व्यक्तिगत द्वेषका लागि नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको दाबी गर्दै आगामी दिनमा संघ र परिषद्सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


विश्व खबर 



















