images
images
  • प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मतले अनुमोदन

    काठमाडौं– प्रधानन्यायाधीशमा डा.मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

    मंगलबार बसेको समितिको बैठकले सुनुवाइपछि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

    अब संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई जानकारी पठाएपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

    संवैधानिक परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशमध्ये हाल चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

    वरिष्ठताको परम्परा मिचिएको भन्दै नेपाल बारसहित विभिन्न पक्षले विरोध जनाएका छन् ।

    सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि प्रधानन्यायाधीशको दाबेदार थिइन् ।

    प्रधानमन्त्रीलाई सहज हुने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएपछि शर्माको नाम सिफारिस गरिएको थियो ।

    परिषद्का सदस्य भिष्मराज आङ्देम्बे र नारायण दाहाल ले भने उक्त सिफारिसमा असहमति जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images