images
images
  • ट्रम्पको अल्टिमेटमपछि दबाबमा इयु

    काठमाडौं– ट्रम्प प्रशासनले थप कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि अमेरिका–इयु व्यापार सम्झौता अन्तिम रूप दिन युरोपेली सङ्घमाथि दबाब बढेको छ ।

    गत जुलाईमा अधिकांश युरोपेली वस्तुमा १५ प्रतिशत भन्सार शुल्क लगाउने सहमति भए पनि त्यसको कानुनी पाठमा अझै सहमति जुट्न सकेको छैन ।

    ट्रम्पले जुलाई ४ भित्र सम्झौता कार्यान्वयन नभए युरोपेली कार तथा ट्रकमाथिको शुल्क २५ प्रतिशतसम्म पु¥याउन सकिने संकेत दिएका छन् ।

    यही दबाबबीच इयुका सदस्य राष्ट्र, संसद् र वार्ताकारहरू स्ट्रासबर्गमा निर्णायक छलफलमा जुटेका छन् ।

    युरोपेली संसद्भित्र सम्झौताबारे मतभेद कायम रहे पनि इपिपी र दक्षिणपन्थी समूहहरू तत्काल कार्यान्वयनको पक्षमा छन् ।

    समाजवादी तथा हरित समूहहरूले भने युरोपेली उद्योग, कामदार र सुरक्षा संयन्त्रलाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन् ।

    अमेरिका र इयुबीच वार्षिक व्यापार करिब १९ खर्ब डलर बराबरको भएकाले दुवै पक्ष पूर्णव्यापार युद्ध टार्न चाहिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images