images
images
  • जीवनदायी २ हप्तामा नेपाल पुग्दै, लगत्तै देशभर बर्खा सुरु हुने

    काठमाडौं– दक्षिण बंगालको खाडीमा जीवनदायी (मनसुन) विस्तार भएको छ ।

    भारतीय जल तथा मौसम विज्ञान विभागका अनुसार अण्डमान तथा निकोबार द्वीपसमूहमा १६–१७ मेमै प्रवेश गरेको मनसुन क्रमशः विस्तार भइरहेको छ ।

    मौसमविद् विनोद पोखरेलका अनुसार यही गतिमा विस्तार भए नेपालमा मनसुन दुई साताभित्र प्रवेश गर्न सक्छ, जुन औसतभन्दा छिटो हो ।

    सामान्यतया नेपालमा मनसुन जेठ मसान्त (जुन १३ आसपास)मा प्रवेश गर्ने गर्छ ।

    यस वर्ष प्रिमनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएको छ ।

    हालसम्म २४९.३० मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन १०८.९ प्रतिशत बराबर हो ।

    हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

    विशेषगरी गोरखा, लमजुङ, कास्की, स्याङ्जा र पर्वतमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

    लमजुङको कुञ्चामा पछिल्लो २४ घण्टामा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    यसैबीच, पश्चिम नेपालमा तापक्रम बढ्ने क्रम जारी छ ।

    दिपायल, धनगढी, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही र भैरहवामा अधिकतम तापक्रम ३५ देखि ४१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images