काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्मामाथि संसदीय सुनुवाइ समितिमा शैक्षिक योग्यता, बौद्धिक चोरी (प्लेजरिजम) र अन्य आरोपबारे छलफल भएको छ ।
समितिमा उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि सुनुवाइ भइरहेको छ ।
उजुरीकर्ताले शर्माको शैक्षिक प्रमाणपत्र, सर्वोच्चमा काम गर्दा ‘सेटिङ’ गरेको र पार्टी कार्यालयमा शपथ लिएको विषयमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले थेसिस प्लेजरिजम भएको दाबी गर्दै प्रमाणपत्र झिकाएर अध्ययन गर्न माग गरेका छन् ।
सांसदहरूले पनि आरोपबारे प्रमाण माग गरेका छन् ।
केही सांसदले बौद्धिक चोरी, मुद्दा प्रभावित गर्ने प्रयास र ७० लाख रुपैयाँ लिएको भन्ने आरोपको आधारबारे प्रश्न उठाएका छन् ।
उजुरीकर्ताले भने आफ्ना आरोप प्रमाणसहित छानबिन गर्न र आवश्यक कागजात झिकाएर निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















