images
images
  • व्यवसायी सुलभ अग्रवालको हिरासतमै आइप्याड फेला

    काठमाडौं– सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा आइप्याड लगायतका डिजिटल उपकरण प्रयोग गर्न दिएको विषयमा प्रहरीमाथि छानबिन सुरु भएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका अग्रवाल र अर्का व्यवसायी दीपक भट्टलाई नियमविपरीत विशेष सुविधा दिएको भन्दै उजुरी परेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १९ गते दीपक भट्ट र चैत २१ गते सुलभ अग्रवाललाई पक्राउ गरेको थियो ।

    विभागको आफ्नै हिरासत नभएकाले उनीहरूलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको थियो ।

    तर, हिरासतमा रहँदा उनीहरूलाई विशेष सुविधा दिइएको र मोबाइल तथा आइप्याड प्रयोग गर्न दिएको सूचना बाहिरिएपछि उजुरी परेको हो ।

    विशेषगरी अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयसम्म उजुरी पुगेको बताइएको छ ।

    हाल यस विषयमा अनुसन्धान भइरहेको छ भने अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मामा फर्काइएपछि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images