images
images
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी : नेपोबेबी र एमालेको आशीर्वाद थापेको आरोप

    काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा गम्भीर आरोपसहित १६ वटा उजुरी परेका छन् ।

    उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा ‘बेन्च फिक्सिङ’ गरेको, एमाले नेताहरूको आशीर्वाद लिन बल्खु पुगेको, तथा ‘नेपो(बेबी’ को पहुँचका आधारमा न्यायाधीश बनेको आरोप लगाएका हुन् ।

    उजुरीकर्ताले काठमाडौं महानगरको फोहोर व्यवस्थापनसम्बन्धी रिट खारेज गरी राज्यलाई वार्षिक एक खर्ब रुपैयाँ नोक्सान पुर्‍याएको तथा भ्रष्टाचारमा संलग्न भएको दाबी गरेका छन् ।

    एनसेल कर फिर्ता प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको आरोप छ ।

    यस्तै, शर्माले प्रधानन्यायाधीश बन्न आवश्यक योग्यता पूरा नगरेको, १५ वर्ष वकालत नगरेको र उच्च अदालतमा पाँच वर्ष न्यायाधीशको अनुभव नभएको दाबी उजुरीमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images