images
images
  • दुर्गा प्रसाईंलाई किन गरियो पक्राउ ? यस्तो छ कसुर

    काठमाडौं– मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ परेका छन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार प्रसाईंले दिएका सार्वजनिक अभिव्यक्ति र शान्ति सुरक्षामा असर पार्ने गतिविधिबारे अनुसन्धान भइरहेको छ ।

    पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले प्रसाईंविरुद्ध अनुसन्धान जारी रहे पनि हालसम्म औपचारिक रूपमा म्याद थप नभएको बताएका छन् ।

    प्रसाईं मंगलबार वीरगञ्जमा हुने कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै पुगेका थिए ।

    विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र रास्वपा सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images