images
images
  • खाडी देशहरूलाई खरानी बनाइदिने चेतावनीपछि ट्रम्पद्वारा इरानमाथिको आक्रमण रोक

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको आग्रहपछि इरानमाथि तय गरिएको नयाँ सैन्य आक्रमण स्थगित गरेको बताएका छन् ।

    उनले कतार, साउदी अरेबिया र यूएईका नेताहरूको अनुरोधमा निर्णय लिएको उल्लेख गर्दै इरानसँग गम्भीर वार्ता भइरहेको र आणविक कार्यक्रम सीमित गर्ने सम्झौताको सम्भावना रहेको बताएका हुन् ।

    ट्रम्पले स्वीकार्य सम्झौता नभए अमेरिका जुनसुकै बेला ठूलो आक्रमण गर्न तयार रहेको चेतावनी दिएका छन् ।

    यता इरानले भने आफ्नो अडान कायम राख्दै अमेरिका र उसका सहयोगीलाई थप रणनीतिक गल्ती नगर्न चेतावनी दिएको छ ।

    साथै, होर्मुज जलडमरू नियन्त्रणका लागि नयाँ निकाय गठन गर्दै जहाजबाट शुल्क उठाउने योजना सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images