images
images
  • अमेरिकी दर्जनौ लडाकु विमान इजरायलमा अवतरण, इरानमा पुनः आक्रमणको तयारी

    काठमाडौं– अमेरिकी हतियार बोकेका दर्जनौं कार्गो विमान जर्मनीस्थित सैन्य अड्डाबाट इजरायल पुगेको इजरायली मिडियाले जनाएको छ ।

    यसलाई इरानविरुद्ध सम्भावित सैन्य तयारीको संकेतका रूपमा हेरिएको छ ।

    च्यानल १३ का अनुसार ठूलो मात्रामा गोलाबारुद इजरायल पुर्‍याइएको हो ।

    रिपोर्टहरूमा अमेरिका र इजरायलबीच इरानमाथि सम्भावित आक्रमणका विकल्पबारे छलफल भइरहेको दाबी गरिएको छ ।

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच इरानसहित क्षेत्रीय सुरक्षा विषयमा वार्ता भएको बताइएको छ ।

    नेतान्याहूले त्यसपछि सुरक्षा बैठक पनि बोलाएका छन् ।

    अमेरिकाले आगामी दिनमा इरानविरुद्ध सैन्य विकल्पबारे थप छलफल गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ ।

    इरानले भने अमेरिकी नाकाबन्दी र दबाब जारी रहेमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    दुई देशबीचको आणविक वार्ता पनि अझै अनिश्चित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images