images
images
  • कामु प्रधानन्यायाधीशले दिएको आदेशविरुद्ध संसद्‌मा रास्वपा सांसदको आपत्ति

    काठमाडौं– प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशप्रति आपत्ति जनाएका छन् ।

    उनीहरूले संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्ने आदेश दिनु कानुनी दृष्टिले विवादास्पद भएको आरोप लगाए ।

    सांसद न्यौपानेले आदेशमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) भएको दाबी गरे भने सांसद बास्कोटाले न्याय सम्पादनभन्दा बाहिरका विषयमा चासो देखाइएको भन्दै प्रश्न उठाइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images