images
images
  • श्रम संस्कृतिका सांसदहरूले संसद्‌मै विरोध जनाएपछि सभामुख रिसाए, भने– मर्यादित हुनु

    काठमाडौं– भर्खरै सुरु भएको संसद् बैठकमा श्रम संस्कृति पार्टीले विरोध जनाएको छ ।

    उसले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अनुपस्थित भएको भन्दै विरोध जनाएको हो ।

    श्रम सांस्कृतिका सबै सांसदहरूले पर्चा देखाएर सभामुख अगाडि विरोध जनाएका थिए ।

    त्यसलगत्तै सभामुख डोलप्रसाद अर्याल ‘डिपी’ले सभ्य भएर संसद्मा विरोध जनाउन आग्रह गरे भने हल्का रिसाएको जस्तो देखिए ।

    उनले भने, ‘श्रम संस्कृतिका सांसदज्यूहरूले सभामुख अगाडि विरोध जनाउनु भएको छ, कृपया सभ्य भएर विरोध गर्न आग्रह गर्दछु । साथै आगामी दिनमा सभ्य भएर प्रदर्शन गर्नुहोला ।’

    संसद्मा बैठक सुरु भएयता प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरेका छैनन् भने नियमति बैठकमा समेत देखिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images