images
images
  • आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं– नेपालले आज आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध बलिङ गरिरहेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको स्कटल्याण्डले पहिले ब्याटिङ रोजेको हो ।

    नेपालले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।

    जारी शृङ्खलामा स्कटल्याण्ड अपराजित रहँदा नेपालले अमेरिकालाई हराउँदै आत्मविश्वास बढाएको थियो ।

    विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना कायम राख्न नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images