images
images
  • रूसको राजधानीमै युक्रेनी आक्रमण, पुटिनले आणविक बम प्रहार गर्लान् ?

    आइतबार राति युक्रेनले रूसको राजधानी मस्कोमा व्यापक ड्रोन आक्रमण गरेको छ ।

    रूसका अधिकारीहरूका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

    रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार यो आक्रमण पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन हमला हो ।

    मस्कोस्थित भारतीय दूतावासले हमलामा ज्यान गुमाउनेमध्ये एक जना भारतीय नागरिक रहेको जनाएको छ ।

    युक्रेनले पनि आइतबार राति रुसमाथि ठूलो परिमाणमा ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ ।

    युक्रेनी पक्षका अनुसार रातभर ५०० भन्दा बढी ड्रोन रुसतर्फ प्रहार गरिएको थियो ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनका सहरहरूमा लगातार गरिरहेको घातक आक्रमणको ‘उचित जवाफ’ स्वरूप यो हमला गरिएको बताएका छन् ।

    यसअघि रूसले युक्रेनको राजधानी किएभमा ड्रोन र मिसाइलमार्फत भीषण आक्रमण गरेको थियो, जसमा २४ जनाको मृत्यु भएको थियो ।

    यसअघि राष्ट्रपति पुटिनले रूसको राजधानीमा आक्रमण भए आणविक बम प्रहार गर्ने चेतावनी दिएका थिए ।
    यद्यपि यसबारे हालसम्म पुटिनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images