images
images
  • इरानमाथि पुनः भीषण हवाई आक्रमण गर्ने तयारीमा ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो एक तस्बिर सार्वजनिक गर्दै यो आँधी आउनुभन्दा अघिको शान्ति थियो भन्ने क्याप्सन लेखेपछि इरानमाथि सम्भावित सैन्य कारबाहीको चर्चा फेरि चुलिएको छ ।

    एनिमेटेड रूपमा पोस्ट गरिएको उक्त तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएको देखिन्छ, वरिपरि आँधीबेहरीको वातावरण छ भने जहाजमा इरानको झन्डा फहराइरहेको देखाइएको छ ।

    trump

    यो पोस्ट अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले अमेरिका र इजरायलले इरानमाथि फेरि हमला गर्ने तयारी गरिरहेको दाबी गर्दै रिपोर्ट प्रकाशित गरेको केही दिनपछि आएको हो ।

    रिपोर्ट अनुसार अमेरिकाले सम्भावित सैन्य विकल्पहरू तयार पारेको छ र अन्तिम निर्णय राष्ट्रपति ट्रम्पको हातमा रहेको उल्लेख छ ।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले आवश्यक परेमा सैन्य कारबाही विस्तार गर्न विभिन्न योजना तयार राखिएको बताएका छन् ।

    ती योजनामा इरानका सैन्य संरचना र पूर्वाधार लक्षित ठूला हवाई आक्रमणसमेत समावेश रहेको बताइएको छ ।

    तर इरानले भने कुनै पनि नयाँ आक्रमण भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    हाल केही हप्तादेखि युद्धविराम कायम रहेको बताइए पनि तनाव भने कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images