काठमाडौं– काठमाडौंको ललितपुरस्थित हिमालय होटलमा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा तनाव उत्पन्न भएको छ ।
कार्यक्रमपछि केही राजावादी युवाले थापाविरुद्ध नाराबाजी र आरोप लगाएपछि उनी आक्रोशित बनेका थिए ।
सो क्रममा माइकबाट प्रश्न उठाउने र भिडिओ खिच्ने एक युवासँग भनाभन हुँदा स्थिति झनै चर्किएको बताइएको छ ।
आरोप–प्रत्यारोप र धकेलाधकेलबीच थापाले ती युवाको घाँटी समातेको दाबी गरिएको छ ।
घटनापछि थापालाई सुरक्षाकर्मी तथा सहभागीहरूले बाहिर लगेका थिए ।
सम्बन्धित युवकले भने थापाले आफूलाई दुर्व्यवहार गरेको बताएका छन् भने राप्रपा पक्षले घटना अभद्र व्यवहार र उक्साहटको परिणाम भएको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















