काठमाडौं– फिफा विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी राष्ट्रहरूको स्पष्ट प्रभुत्व देखिन्छ ।
अहिलेसम्म भएका २२ संस्करणमध्ये युरोपेली टिमले १२ पटक र दक्षिण अमेरिकी टिमले १० पटक उपाधि जितेका छन् ।
ब्राजिल विश्वकप इतिहासकै सबैभन्दा सफल टिम हो, जसले ५ पटक उपाधि जितेको छ ।
युरोपबाट इटाली र जर्मनीले समान ४–४ पटक उपाधि जितेका छन् ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिनाले ३ र उरुग्वेले २ पटक विश्वकप जितेका छन् ।
युरोपका फ्रान्सले २ पटक, जबकि इंग्ल्यान्ड र स्पेनले १–१ पटक उपाधि जितेका छन् ।
सन् १९३० मा सुरु भएको विश्वकपको पहिलो विजेता उरुग्वे थियो भने पछिल्लो २०२२ कतार विश्वकप अर्जेन्टिनाले जितेको हो ।
अहिलेसम्म १३ राष्ट्रले फाइनल खेलेका छन्, जसमा नेदरल्यान्ड्सले ३ पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
अब २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा नयाँ इतिहास बन्ने कि पुरानै प्रभुत्व दोहोरिने भन्ने चासो बढेको छ ।


विश्व खबर 



















