images
images
  • पार्टी सदस्यता नै नभएकी विद्या एमाले कार्यक्रमको प्रमुख अतिथि

    काठमाडौ–। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को ३३औं मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् ।

    पार्टी सदस्यता नवीकरण रोकिएपछि एमालेको औपचारिक कार्यक्रममा उनलाई वक्ताका रूपमा प्रस्तुत गरिएको यो पहिलो अवसर हो ।

    बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रममा भण्डारीले एमालेलाई जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभाव व्यवहारमा उतार्न आग्रह गरिन् ।

    उनले कार्यकर्तालाई जनताको दुःख–सुखमा सहभागी हुन र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्न निर्देशन दिइन् ।

    गत वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए ।

    त्यसबेला उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि ओलीको निर्णयलाई समर्थन गरेका थिए ।

    तर, अहिले तिनै नेताहरूको उपस्थितिमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images