काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच भएको एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले गम्भीर असहमति जनाएका छन् ।
त्रिपाठीले एकता प्रक्रियामा आफ्नो पार्टीलाई जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले जसपाको घोषणापत्रमा उल्लेख गरिएको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता विषयमा पनि असहमति रहेको बताएका छन् ।
उनले यस्ता विषय स्पष्ट नभई गरिएको एकता आत्मघाती हुन सक्ने टिप्पणी गरेका छन् ।
यद्यपि, उनले जसपा–लोसपा एकतालाई स्वागतयोग्य कदम भनेका छन् ।
निर्वाचन आयोगले एउटै व्यक्ति दुई पार्टीमा रहन नपाइने व्यवस्था लागू गरेपछि त्रिपाठीको जसपा नेपालमा सदस्यता विवादित बनेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















