images
images
  • इरानको १४ बुँदे शान्ति प्रस्ताव पुनः अमेरिकाद्वारा अस्वीकार

    काठमाडौं– संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।

    इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।

    प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भएपछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ ।

    यस महिनाको सुरुमा, इरानले संयुक्त राज्य अमेरिकामा १४ बुँदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्रबाट अमेरिकी सेनाको पूर्ण निकासीको आह्वान गरेको थियो ।

    यो प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो ।

    यसअघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा तेहरानल युद्धविरामको सट्टा युद्धको अन्त्यमा केन्द्रित हुँदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images