images
images
  • देशको कुल ७ खर्ब ५५ अर्ब बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

    काठमाडौं– देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

    महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति समक्ष पेस गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बेरुजु साढे ७ खर्ब रुपैयाँ नाघेको हो ।

    महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष ९४ खर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण १७९ कार्यालय तथा निकायले कागजात र विवरण पेस नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखापरीक्षण हुन सकेन ।

    कानुनअनुसार प्रक्रिया पूरा नगरी गरिएको कारोबार, हिसाब नराखिएको रकम तथा अनियमित ढंगले गरिएको आर्थिक कारोबारलाई बेरुजु मानिने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images