images
images
  • कम्युटर अपरेटर नासु थुनामा, विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश

    काठमाडौं-ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएक मध्ये एक सरकारी कर्मचारी तथा क्युटर अपरेटर नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका छन् । राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ। सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएकोमा १० जना फरार थिए ।

    सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएकोमा १० जना फरार थिए । कालिका कन्ट्रक्सनका सञ्चालक तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ । त्यस्तै प्रकाश ढुंगानालाई ४ लाख, सञ्जय भट्टलाई १० लाख, जीवनकुमार दासलाई ५ लाख, अमृत बोहोरालाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

    सागर कटुवाललाई ५ लाख, अनिल श्रेष्ठलाई ४ लाख, भाष्कर राज अर्याललाई १० लाख, टंककुमार श्रेष्ठलाई ४ लाख, स्वदेश पोखरेललाई ४ लाख र ऋषिकेश गौलीलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ । सरोज दाहाल, शान्तकुमार श्रेष्ठ, कृष्णबहादुर खत्री, निरन्जन खनाल, इन्द्रबहादुर बोहोरा, ज्योति सुवेदी, सुजन अधिकारी, भरत धामी, राहुल जंग कार्की, नारायणप्रसाद सिटिखुलाई प्रतिवादी बनाइएको थियो । उनीहरू भने फरार छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।

    ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध रहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्युरोभन्दा माथिल्लो निकाय सीआईबीले सुरु गरेको थियो । कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पु‍र्‍याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताए ।

    यसका लागि ठेकेदार कम्पनीहरूसँग सम्पर्क गर्ने र बार्गेनिङ गरेर रकममा कुरा मिलेपछि अनलाइन बोलपत्रमा पहुँच पुर्‍याएर विवरण संशोधन गर्दै ठेक्का हत्याउने गरेको सीआईबीको भनाइ छ । यसका मुख्य नाइके नै देउजा रहेको प्रहरीले बताएको छ ।

    देउजाले प्रोग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने र ब्याकडोर सिर्जना गर्ने मुख्य काम गरेको सीआईबीले बताएको छ । उनले सञ्चालक व्यवस्थापकको रूपमा जीवन लिम्बु नक्कली पात्र खडा गरी ठेकेदारहरूसँग ह्वाट्स एपममा सम्पर्क गर्ने, इमेलमार्फत बार्गेनिङ गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाएको पाइएको छ ।

    अर्का प्रतिवादी भाष्करराज अर्याल पनि कम्युटर इन्जिनियर रहेको र उनले बिटक्वाइनमार्फत कारोबारका लागि अमेरिकामा बसेका साथीमार्फत भुक्तानी गर्ने र नेपालमा नगदमा मिलान गर्ने गरेको प्रहरीले बताएको छ । यो प्रकरणमा जोडिएका मुख्य व्यक्ति देउजा यसअघि ३१ असार २०७७ पक्राउ परेका थिए । त्यतिबेला नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेर टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्‍याएको भन्दै देउजालाई सीआईबीले पक्राउ गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images