काठमाडौं– अवैध रूपमा अस्वाभाविक सम्पत्ति जोड्ने कर्मचारी र नेताविरुद्ध अब सर्वसाधारणले उजुरी दिन सक्ने भएका छन् ।
सम्पत्ति छानबिन आयोगले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक पदधारी, राजनीतिक नेता तथा कर्मचारीले आफ्नो वा आफन्तको नाममा स्वदेश–विदेशमा गैरकानूनी सम्पत्ति राखेको जानकारी भए प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।
उजुरी आयोगको कार्यालय, हुलाक वा [email protected] इमेलमार्फत दिन सकिनेछ ।
आयोगले उजुरीकर्ताको नाम, ठेगाना र विवरण पूर्ण रूपमा गोप्य राखिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्






















