काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउन माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सांसदहरूको क्षमता अभिवृद्धिका लागि स्वकीय सचिव आवश्यक रहेको बताए ।
उनले नीति तथा कार्यक्रममा सांसदहरूको वृत्ति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय समेटिनुपर्ने माग गर्दै पहिलो चरणमै स्वकीय सचिवको सुविधा पुनःस्थापना गर्न आग्रह गरे ।
यसअघि खर्च कटौती र मितव्ययिताको नीति अन्तर्गत सरकारले सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो ।
संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले उक्त पद पुनःस्थापना गर्न सरकारलाई सिफारिस गरे पनि हालसम्म निर्णय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















