images
images
  • इरानलाई आणविक बम बनाउन नदिन चीन र अमेरिकाबीच सहमति

    काठमाडौं– अमेरिका र चीनबीच इरानलाई आणविक हतियार विकास गर्न नदिने विषयमा सहमति भएको छ ।

    बेइिङमा जारी शिखर वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङ बीच इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै दुवै शक्तिराष्ट्र इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार हासिल गर्न नदिने पक्षमा एकमत भएको जनाएको छ ।

    यता, वार्तामा ताइवानको विषय भने औपचारिक रूपमा समावेश नगरिएको पाइएको छ ।

    ह्वाइट हाउसले सार्वजनिक गरेको वार्ता विवरणमा ताइवानबारे कुनै उल्लेख नभएपछि कूटनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।

    चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानलाई अमेरिका–चीन सम्बन्धको संवेदनशील र विवादास्पद मुद्दाका रूपमा प्रस्तुत गरिरहेका बेला अमेरिकी पक्षको मौनताले थप अर्थपूर्ण संकेत दिएको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images