images
images
  • नेप्से परिसूचक १० अङ्कले घट्यो

    काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो ।

    आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् ।

    आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन(८० का लगानीकर्ताले कमाएका छन् ।

    त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images