images
images
  • इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं– सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

    पाण्डेकी पत्नी निरु दाहाल पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउको आधार र कारण पेश गर्न सरकारका नाममा आदेश दिएको हो ।

    सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन पनि निर्देशन दिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्मार्ट टेलिकमको सम्पत्ति धितो लिलाम प्रक्रियासम्बन्धी विवादमा बुधबार पाण्डेलाई पक्राउ गरेको थियो ।

    सरकारले स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा हडप्ने प्रयास भएको दाबी गरेको छ ।

    तर बैंक पक्षले भने सम्पूर्ण लिलाम प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार नै सम्पन्न गरिएको जनाएको छ ।

    यस घटनापछि कानुनी प्रक्रिया पालना गर्दागर्दै पनि व्यवसायी तथा बैंकिङ क्षेत्रमाथि अनावश्यक धरपकड गरिएको आरोप उठ्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images