काठमाडौं– सरकारले वास्तविक सुकुम्बासीलाई लालपुर्जा नपाएसम्म अस्थायी रूपमा मासिक १५ हजार रुपैयाँसम्म घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहरी विकास र संघीय मामिला मन्त्रालयका अधिकारीहरूले यस्तो योजनाबारे जानकारी दिएका हुन् ।
काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान प्रक्रिया (स्क्रिनिङ) भइरहेको र त्यसपछि ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गर्ने सरकारको योजना छ ।
रकम परिवारको आकारअनुसार फरक हुने र अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ ।
समितिले विषयको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















